गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Monday, August 21, 2017

साथीको आत्महत्या


हाँसो खोज्न आएथिस् साथी 
किन आज पासो रोजिस् ?
जिन्दगी लामो यात्रा हो भन्थिस् 
किन बिचमै हिँड्न छोड्दिस् ?

बिहानै घिरघिर गर्ने मेसिनको आवाजले 
चरिको चिरबिर सम्झाएर हो कि 
तेरो मनको खाटा बसेको घाउ 
कोही कसैले बल्झाएर हो कि
संसार जित्न हिँडेको मान्छे 
किन आज आफैसँग हारिस् ?
देह त सबैको मर्ने हो एकदिन 
तैंले त आफ्नो आत्म नै मारिस् । 

प्रदेशमा आत्महत्या गर्नु पहिले 
तैंले सम्झनुपर्थ्यो आमाको अनुहार 
जसले दिएकी थिइन् तँलाई जिन्दगी उपहार 
सम्झनुपर्थो बाको दुखको इतिहास 
जसले दिन्थ्यो तँलाई बाँच्ने साहस 
खैर.........
अरु कसैलाई नसम्झे पनी 
तैंले पहिलेको तँलाई त सम्झनैपर्थ्यो 
जसले जिन्दगी मर्न हैन गर्न हो भन्नेगर्थ्यो । 

साथी, 
आत्मको हत्या गरेको भए नि तेरो आत्मा जागिरहोस् 
मैले यस्तो गर्नु हुन्थेन भनी सयौं जन्म पछुतो लागिरहोस् ।