गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Sunday, April 9, 2017

सिरिया- प्रयोगशाला
















बसरको सरकारको तमसुकमा ल्याप्चे लगाउन
कुन रसायन मिसिएको आँशु चाहिएको छ ?
बताउ बसर .. बताउ पुटिन
हैन भने किन गरिरहेछौ
मान्छेका बचेरामाथी रासयानिक आक्रमण ?
किन संगालिरहेछौ बाल्टीन भरि
 बचेराको जिवनकै अन्तिम आँशु ?


बसरको सरकार फेर्न र उडाउन
कुन गन्ध मिसिएको हावा चाहिएको छ ?
बताउ ओबामा... बताउ ट्रंप
हैन भने किन गरिरहेछौ मिसाइल आक्रमण ?
किन सासै फेर्न दिएका छैनौ सिरियालीलाई ?
किन संगालिरहेछौ ग्यालेन भरी
उनैको जीवनकै अन्तिम प्राणवायु ?


अति भयो...
बन्द गर तर्क, बन्द गर क्रोध
बन्द गर समर्थन, बन्द गर बिरोध
बन्द गर दिमाग, बन्द गर विजय
खुल्ला गर मानवता, खुल्ला गर हृदय..!!




No comments:

Post a Comment