गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Wednesday, March 2, 2016

बिरामी

मैले बोलाएपछी मात्र बोलेजस्तो गर्ने आफन्तहरु
मैले बोल्न नचाहँदा पनि बोलाइरहने पराइहरु
सायद, आफ्नै जिन्दगिको  लय गाउनमै ब्यस्त छन्
सायद, सम्झन नचाहनेलाई बिर्सनमै अभ्यस्त छन्
ति सबै-सबैलाई
एउटै छ यो दिलको आवाज
बिर्सिन चाहेकोलाई चटक्कै बिर्साउनु 
जिन्दगिको लय झनै सुरिलो गरि गाउनु
तर कहिलेकाहीँ,
हाम्रो पनि सन्चो-बिसन्चो सोध्नलाई आउनु ।।