गृहपृष्ठ, कविता, साहित्य, संस्मरण

Saturday, January 2, 2016

बा


बा...
साउँखोलाको पानीमा
हजुरले मेरो लागि बगाएको पसिना देखेको छु ।
तपाईंको दुख देखेकोले होला
संसारका सबै दुख झिना- मसिना देखेको छु ।
बा हुन गार्हो छ भन्थे सबै
तर बा नहुँदा कति गार्हो छ त्यो मैले मात्र भोगेको छु ।